Main News

सबै मेडिकल कलेजले एक तिहाइ बेडमा कोरोना संक्रमितको उपचार गर्नुपर्ने

हिमालय टिभी
२०७७ साउन ३१ गते १८:२५
सबै मेडिकल कलेजले एक तिहाइ बेडमा कोरोना संक्रमितको उपचार गर्नुपर्ने

३१ साउन, २०७७ काठमाडौं । देशभरका सम्पूर्ण मेडिकल कलेजले छुट्टै आइसोलेसन तोकेर एक तिहाइ बेडमा कोरोना संक्रमितको उपचार गर्नु पर्ने भएको छ ।

सरकारले सबै मेडिकल कलेजलाई छुट्टै आइसोलेसन बनाउन तथा एकतिहाइ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन आज सूचना जारी गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बेड अभाव भइरहँदा सरकारले मेडिकल कलेजमा उपचारको प्रवन्ध गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *