Political Hightlights

लिदी पहिरोमा जनधनको क्षति हुनुमा सरकार जिम्मेवारः कांग्रेस

हिमालय टिभी
२०७७ साउन ३१ गते १८:२२
लिदी पहिरोमा जनधनको क्षति हुनुमा सरकार जिम्मेवारः कांग्रेस

३१ साउन, २०७७ काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा पहिरोले जनधनको क्षति हुनुमा सरकारको लापरबाही नै मुख्य कारण रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारमाथि खनिएको छ ।

लिदीकाबासिन्दाले गुहार माग्दा माग्दै पनि सरकारले उनीहरुलाई सुरक्षित ठाउँमा नसारेको कांग्रेसको आरोप छ ।

आज विज्ञप्ति निकालेर कांग्रेसले गुहार माग्दा आएका नागरिकलाई सुरक्षित स्थानमा सारेर उनीहरको ज्यान जोगाउन सरकार किन गम्भीर भएन भनेर प्रश्न उठाएको छ ।

कोरोनाको महामारीसँग जुध्न असफल भएको सरकार सिन्धुपाल्चोकको घटना पश्चात शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको कांग्रेसको आरोप छ ।

कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोटप्रति गम्भीर तदारुकता साथ काम गर्न कांग्रेसले तीनै तहका सरकारलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्