Main News

नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

हिमालय टिभी
२०७७ साउन ३१ गते १२:५३
नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

३१ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो समय दुइ जनाको मृत्यु भएको छ । रुपन्देही, पर्सा र धनुषामा एक एक जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या एक सय दुइ पुगेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३ दिनदेखि उपचाररत् कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षीय पुरूषको आज बिहान मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गराइरहेका उनको तीन पटक स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

पिसिआर मेसिनबाट दुई पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएका ती पुरूषको आज बिहान जीन एक्सपर्ट मेसिनमार्फत् गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिनुभयो ।

यसैगरी, पर्साको नारायणी अस्थायी विशेष कोरोना अस्पताल गण्डकमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ६० वर्षीय वृद्धको हिजो साँझ मृत्यु भएको छ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार मृतकको पीसीआर रिपोर्टमा साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै ज्वरो आएपछि उनी नारायणी अस्थायी विशेष कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए । ६ दिनदेखि उपचाररत उनको हिजो बेलुकी मृत्यु भएको हो ।

यसअघि हिजै धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *