Main News

आज देशभर वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ साउन ३१ गते ९:१५
आज देशभर वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना

३१ साउन, २०७७ काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै ठाउँमा वर्षा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी, ५ नम्बर, बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *