Main News

निजी अस्पतालहरुमा २० प्रतिशत बेड कोरोना व्यवस्थापनका लागि छुट्याउन निर्देशन

हिमालय टिभी
२०७७ साउन ३० गते १७:०८
निजी अस्पतालहरुमा २० प्रतिशत बेड कोरोना व्यवस्थापनका लागि छुट्याउन निर्देशन

३० साउन, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत बेड कोरोना भाइरस व्यवस्थापनका लागि छुट्याउन निजी अस्पताललाई निर्देशन दिएको छ ।

घनाबस्ती भएका जिल्लाहरु र सहरहरुमा संक्रमण वृद्धि भएको तथा काठमाडौंमा बेड अभाव हुँदै गएको भन्दै मन्त्रालयले निजी क्षेत्रका अस्पताललाई समेत २० प्रतिशत बेड कोभिड व्यवस्थापनका लागि राख्न निर्देशन दिएको हो ।

कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीलाई कोभिड १९ संक्रमण पुष्टि भए हब अस्पतालको समन्वय बिना रिफर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *