पत्रकारसहित रौतहटमा २४ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ साउन ३० गते १५:५१
पत्रकारसहित रौतहटमा २४ जना कोरोना संक्रमित थपिए

३० साउन, २०७७, रौतहट । केही दिनयता फेरि रौतहटमा कोरोना संक्रमितको संख्या ह्वातै बढन थालेको छ । ६ दिनको अवधिमा रौतहटमा ८६ जनामा कोरोना संक्रमण भएको छ ।

बिहीबार रौतहटमा पत्रकारसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगर क्षेत्रमा बस्ने पत्रकारसहित गौर नगरपालिकाका १७ र अन्य स्थानीय तहको ७ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले जानकारी दिनु भएको छ ।

परोहा नगरपालिकामा ४ जना, चन्द्रपुर, देवाही गुनाही र गढीमाई नगरपालिकामा १/१ जना गरी बिहीबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको गुप्ताले बताउनुभयो ।

गौर नगरपालिकाका ८ कर्मचारी, १ जना पत्रकार र ८ जना सर्वसाधारण गरी १७ जनामा संक्रमण देखिएको छ ।

गौर नगरपालिकामा वडा नम्बर ५ का एकै परिवारका ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको उहाँले बताउनुभयो ।

यसअघि आइतबार गौरमा १५ जना, सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा तथा मंगलवार गरुडाका ११ जना र चन्द्रपुरका ५ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म रौतहटमा १५ हजार ४ सय ५७ जनाको स्वाब परीक्षण गर्दा रौतहटमा १ हजार ४ सय ३९ जना पोजेटिभ भेटिएका छन । जसमध्ये १ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन । अझै ७ सय ९७ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *