आर्थिक अभावमा उपचार गर्न नसकेपछि दुबै मिर्गौला बिग्रेका बालक घरमै (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २८ गते ६:३३
आर्थिक अभावमा उपचार गर्न नसकेपछि दुबै मिर्गौला बिग्रेका बालक घरमै (भिडियोसहित)

२८ साउन, २०७७ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका एक वर्षीय बालक आर्थिक अभावमा उपचारबाट वञ्चित भएका छन । दुवै मिर्गौला खराब भएपछि सक्ने जति प्रयास गरेका अभिभावकले पैसा नभएपछि बालकलाई घरमै लगेर राखेका छन् ।

गुल्मीको मालिका गाउँपालिका वडानम्बर ५ का यी २ वर्षिय बालक जक्सन गिरीको दुबै मिर्गौलाले काम गर्न छाडेको छ । बालकलाई मिसन अस्पताल तानसेनमा उपचार गराउन लैजाँदा मृगौला बिग्रिएको पुष्टि भयो ।

ऋण खोजेर बालकको उपचार गराउँदा अहिलेसम्म ३ लाख रुपैयाँ खर्च भइसक्यो । अब गाउँलेले ऋण पत्याउनै छाडे । तर बालकलाई निको भएको छैन । अस्पतालले थप उपचार गर्नु पर्ने र धेरै पैसा लाग्ने बताएको छ । त्यसैले खर्चको अभावमा बालकलाई उपचार नै नगराई घरमै राखिएको छ । विरामी छोरालाइ उपचार नगरी घरमै राख्नु पर्दा आमा हिमा गिरीलाई धेरै पीडा छ ।

यी १० वर्षकी बालिकालाइ पनि खर्च अभावमा भाइको उपचार हुन नसकेको थाहा छ । भाइको उपचार गरेर निको पार्न पाए हुन्थ्यो भन्ने यी बालिकालाई पनि लागेको छ ।

देशमा समाजवादी नारा बोकेको दुई तिहाई सरकार छ । देशकै नेतृत्व गरेका प्रधानमन्त्रीसमेत मिर्गौलाका विरामी हुनुहुन्छ र दुई दुई पटक मृगौला फेर्नु भएको छ । तर एउटा २ वर्षको मृगौला रोगी बालकले उपचार नपाएर घरमै छट्पटाउनु परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *