जात्रापर्वमा कोरोनाको प्रभाव, भोजपुरमा लाखेनाच विधिमै सीमित (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २७ गते १७:२५
जात्रापर्वमा कोरोनाको प्रभाव, भोजपुरमा लाखेनाच विधिमै सीमित (भिडियोसहित)

२७ साउन, २०७७ भोजपुर । भोजपुरमा गत वर्षसम्म धुमधामका साथ मनाइने नेवार समुदायको साँस्कृतिक महत्व बोकेको लाखे जात्रा यसवर्ष भने कोरोनाका कारण विधिमा मात्र सीमित भएको छ ।

नेवार समुदायको बाहुल्य रहेको भोजपुर बजारमा जात्रा हेर्न मानिसको घुँईचो लाग्ने गरेको थियो । तर यो पटक भने सुनसान भएको छ ।

गत वर्षसम्म जात्रा हेर्न गाउँवस्तिका मानिस समेत भोजपुर सदरमुकाम आउने गर्थे । जसका कारण जात्राको रौनक नै बेग्लै हुन्थ्यो । तर नेवार समुदायले कोरोना भाइरसवाट जोगिन विशेष रौनकको रुपमा जात्रा ननिकाली विधि मात्र गरिएको छ ।

ढोल र झ्याम्टाको तालमा मुकुण्डो लगाएर नाच्ने जात्रालाई विधि पुर्‍याउन र मौलिकता कायम गर्न सामान्य ढङ्गले जात्रा मनाइरहेको स्थानीय बताउँछन् । कोरोना भाइरसका कारण घरैमा बसेर यो वर्षको जात्रालाई नेवार समुदायले एकआपासमा मनाइरहेका छन् ।

प्रशासनले मठ मन्दिर, चर्च, गुम्बा कवर्डहल तथा भिडभाड हुने गतिविधि नगर्न भनेकाले पनि लाखे नाच बन्द गरिएको हो ।

नेवार समुदायले नागपञ्चमीदेखि श्रीकृष्ण रथयात्रासम्म धुमधामका साथ यो जात्रा मनाउने गरिन्छ । कोरोना महामारीका कारण यो वर्ष भने अन्य जात्रा जस्तै लाखेनाच पनि प्रभावित भएको छ ।

बुद्ध तामाङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *