Main News

अत्यावश्यकबाहेक उपत्यकाका सबै सेवा तीन साता बन्द गर्ने निर्णय

हिमालय टिभी
२०७७ साउन २६ गते १८:५९
अत्यावश्यकबाहेक उपत्यकाका सबै सेवा तीन साता बन्द गर्ने निर्णय

२६ साउन, २०७७, काठमाडौं । काठमाडौ उपत्यकाभित्रका स्थानीय तहले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौं उपत्यका भित्रका नगरपालिकाका मेयरको संगठन ‘नगरपालिका मेयर फोरम’को आज बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक यातायात सञ्चालन भएपछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै भदौ १५ गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा पुनः रोक लगाउन सरकारलाई अनुरोध गरेको छ ।

यस्तै तरकारी व्यापारलाई साँझ विहान मात्रै केन्द्रीत गर्ने व्यवस्था मिलाउन फोरमले सरकारलाई सुझाव दिएको छ ।

काठमाण्डौ उपत्यकामा अत्यन्त घनावस्ती रहेकाले कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दूमा अत्यन्त कडाई गर्न फोरमले माग गरेको छ ।

यस्तै उपत्यकामा हुने जात्रा तथा सरकारको समर्थन वा विरोधमा हुने -याली, भेला, अनसन, जुलुुसमा रोक लगाउन पनि नगरपालिका फोरमले माग गरेको छ ।

व्यापारिक क्षेत्र तथा सपिङ्ग मल, होटल, रेष्टुरेष्ट कोभिड—१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्ड कडाईका साथ पालना गर्ने र नभए कारवाही गर्ने पनि स्थानीय तहको निर्णय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *