Main News

आयोजना प्रमुख र प्राविधिकलाई बर्खाभर साइट नछाड्न सडक विभागको निर्देशन

हिमालय टिभी
२०७७ साउन २६ गते १७:५९
आयोजना प्रमुख र प्राविधिकलाई बर्खाभर साइट नछाड्न सडक विभागको निर्देशन

२६ साउन, २०७७ काठमाडौं । सडक विभागले आफू मातहतका सडक आयोजना प्रमुख र प्राविधिकलाई वर्खाभरी साइट छाडेर नजान निर्देशन दिएको छ ।

विभागले सबै आयोजना प्रमुखलाई पत्राचार गरेर साइट छाडेर अन्यत्र नजान र साइटमा बसेर काम गर्न निर्देशन दिएको हो।

वर्खामा बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध हुने क्रम बढ्दै गएपछि विभागले साइट नछाड्न भनेको हो ।

यस्तै विभागले सडक कुन अवस्थामा छ र बाढीपहिरोले क्षति गर्ने जोखिम भए–नभएको बारे समेत दैनिक रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

आयोजना प्रमुख तथा प्राविधिक साइटमा नबस्दा अवरुद्ध सडक ‍ खुलाउन समय लाग्ने गरेको छ ।

यस्तै कुनै चाडपर्व वा मनासिव कारणबिनै आयोजना प्रमूख काठमाडौं आएर बस्ने प्रवृत्ति समेत नरोकिएपछि विभागले कडाई गरको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *