Political Hightlights

नेकपा सांसदद्वारा एकताका पक्षमा भन्दै हस्ताक्षर संकलन

हिमालय टिभी
२०७७ साउन २५ गते १६:०२
नेकपा सांसदद्वारा एकताका पक्षमा भन्दै हस्ताक्षर संकलन

२५ साउन, २०७७ काठमाडौं । मुख्य नेताहरुको स्वार्थका कारण पार्टी विभाजनको खतरा बढेको भन्दै नेकपाका सांसदहरुले एकताको पक्षमा हस्ताक्षर संकलन गरेका छन ।

६१ जना सांसदले हस्ताक्षर गरी सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन । उनीहरुले पार्टी नफूटाउन पार्टीका शीर्ष नेतृत्वलाई दबाब दिएका छन ।

पार्टी विभाजन गर्ने अवस्थामा कतै पनि नलाग्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिरहेको उनीहरुको दावी छ । नेकपाका सांसदहरुको पहलमा भइरहेको हस्ताक्षर अभियानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड– नेपाल पक्षका सांसदहरुले हस्ताक्षर गरेका छन् ।

ओली पक्षधर कृष्णप्रसाद दाहाल, विशाल भट्टराई तथा प्रचण्ड–नेपाल पक्षका यज्ञराज सुनुवार, गणेश पहाडी, सुदन किराँती सुरेशकुमार राई, रामकुमारी झाँक्रीको हस्ताक्षर छ । उनीहरुले हस्ताक्षर गर्ने संख्या बढ्ने पनि बताएका छन ।

उनीहरुका अनुसार स्थायी कमिटीमा रहेका र मन्त्री भएकाहरुको हस्ताक्षर समावेश गरिएको छैन । हस्ताक्षर अभियानले नपुगे समस्या समाधानको विकल्प सहित अघि बढ्ने पनि उनीहरुले घोषणा गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्