Main News

काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला

हिमालय टिभी
२०७७ साउन २५ गते १३:३५
काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला

२५ साउन, २०७७ काठमाडौं । काठमाडौंको गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला परेको छ।

टोखा नगरपालिका–१० गोंगबुमा विहान सुटकेसभित्र टाउको र खुट्टा विनाको शव फेला परेको हो।

सुटकेसभित्र शव भेटिको र नजिकै अर्को झोलामा टाउको र खुट्टा भेटिएको प्रहरीले बताएको छ ।

भेटिएको शवको पहिचान भइसकेको छैन । कसैले हत्या गरेर टाउको र खुट्टा अलग गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *