भारतीय विदेशमन्त्री एस जयशंकरले भने–बुद्ध भारतीय नागरिक हुन्

२५ साउन, २०७७ काठमाडौं । भारतले गौतम बुद्धका बारेमा फेरी विवादास्पद अभिव्यक्ति दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
जय शंकरले एक भर्चुअल सम्मेलनमा गौतम बुद्ध भारतीय नागरिक रहेको दाबी गरेका हुन् । उनले भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठनले गरेको भर्चुअल सम्मेलनमा बुद्धलाई महान भारतीय नागरिक भनेका हुन् ।
भारतीय इतिहासमा सबैभन्दा महान नागरिकको रुपमा पूरा विश्वले स्मरण गर्ने गौतम बुद्ध र महात्मा गान्धी दुईजना भारतीय रहेको उनको दावी थियो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसको नेपालमा तीव्र विरोध भएको थियो ।
६ वर्ष अघि नेपाल भ्रमणमा आएको बेला संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए । तर दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा उनले भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।
नेपालको लुम्बिनीमा जन्मिएका बुद्धलाई कतिपय भारतीयले भारतमा जन्मिएको दाबी गर्दै आएका छन् । बुद्ध भारतमा जन्मिएको भनेर देखाउन भारतले नक्कली कपिलवस्तु समेत बनाएको छ ।
प्रतिक्रिया