Main News

नेपालगञ्जमा ७ विघा क्षेत्रफलमा वाटर पार्क बन्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २५ गते ७:००
नेपालगञ्जमा ७ विघा क्षेत्रफलमा वाटर पार्क बन्दै (भिडियोसहित)

२५ साउन, २०७७ नेपालगञ्ज । नेपालगन्जको धम्बोझीमा साढे ७ बिघा क्षेत्रफलमा आकर्षक वाटर पार्क निर्माण भइरहेको छ । आयोजना क्षेत्रको करिब ६५ बिघा जग्गामध्ये साढे ७ बिघामा वाटर पार्क, २ बिघा क्षेत्रफलमा सडक र बाँकी क्षेत्रमा आधुनिक सुविधा सम्पन्न शहरी बस्ती विकास निर्माण गर्ने लक्ष्य अनुसार काम भइरहेको छ ।

नेपालगन्जको धम्बोझीमा २०६५ मा शुरु भए पनि वाटर पार्क क्षेत्रमा रहेका ब्यक्तिका जग्गा अधिग्रहणको कार्य नगर विकास समिति र जग्गाधनीबीच कुरा नमिलेर करिब ५ बर्ष रोकिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा जननिर्वाचित प्रतिनिधि आएपछि जग्गा अधिग्रहणमा देखिएको विवाद सुल्झाएर वाटर पार्क निर्माणको काम अघि बढाइएको छ ।

वाटर पार्क तथा करिब ७ सय वटा घडेरीसहितको सुविधा सम्पन्न शहरी बस्ती विकास गर्ने योजना छ । वाटरपार्क निर्माणमा हालसम्म संघीय सरकारबाट ४ करोड ४६ लाख, प्रदेश ५ सरकारबाट ७० लाख खर्च भई सकेको छ । वाटर पार्क संरचना अन्तर्गत शुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् । यो नेपालगन्ज उप महानगरपालिकाको ड्रिम प्रोजेक्ट हो ।

वाटरपार्क क्षेत्रमा अधिग्रहण गरिएको करिब ३ सय जग्गाको अस्थायी लालपुर्जा तयार भइरहेको छ । केही जग्गाको नाप नक्शा र जग्गाको स्वामित्व लगायतका कागज पत्र बनाउन मालपोत र नापी कार्यालयसँग समन्वय गरी काम भईरहेको छ । नेपाल मै सबै भन्दा गर्मी हुने शहरको रुपमा रहेको नेपालगन्जमा वाटर पार्क निर्माणले नागरिकलाई राहत दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *