Main News

काठमाडौं उपत्यकामा मात्रै ६२ जना, आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २४ गते १८:४३
काठमाडौं उपत्यकामा मात्रै ६२ जना, आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (भिडियोसहित)

२४ साउन, २०७७ काठमाडौं । नेपालमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । सबैभन्दा बढी काठमाडौंमा ५६ संक्रमित थपिएका छन् ।

यस्तै पर्सामा थप ५५ र मोरङ र बाँकेमा ४९ जना नयाँ संक्रमित भेटिएका छन् । ललितपुर र भक्तपुर थप ३–३ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा भेटिएका संक्रमितमा धेरै सुरक्षाकर्मी र उनीहरुको परिवारका सदस्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिनुभयो । धेरै संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भइरहेको उहाँले बताउनुभयो ।

पर्सामा भेटिएका संक्रमितमध्ये बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद साहसहित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारी पनि छन् । पर्साका संक्रमित मध्ये धेरै वीरगञ्ज महानगरपालिका क्षेत्रकै छन् । बाँकेमा भेटिएका ४९ संक्रमितमध्ये धेरै कर्मचारी छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका १३ जना कर्मचारी संक्रमित भएका छन् । पछिल्लो पटक भेटिएका सबै संक्रमित क्वारन्टिन बाहिरका हुन् ।

यस्तै आन्तरिक राजस्व कार्यालयका १२, वडा प्रहरी कार्यालयका ७, कारागारका ६, कोहलपुर मेडकल कलेज, सेनाको तालिम केन्द्र र जिल्ला अदालतका कर्मचारी पनि संक्रमित भएका छन् ।

मोरङमा भेटिएका संक्रमित मध्ये धेरै विराटनगर महानगरपालिकाकै छन् । नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । बुढीगंगा गाउँपालिकाभित्र रहेको आरती स्ट्रिप्स इण्डस्ट्रिज प्रालिमा कार्यरत १२ जनामा पनि संक्रमण देखिएको छ ।

पछिल्लो पटक प्रदेश २ मा धेरै संक्रमित थपिएका छन् । सर्लाहीमा ३६, धनुषामा २०, महोत्तरीमा १७, बाग्लुङमा १३, सुनसरीमा १०, बारा, स्याङ्जा र काभ्रेपलाञ्चोकमा ७–७ तथा मकवानपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रामेछापमा ५, रौतहट, कञ्चनपुर र कैलालीमा ४–४, कास्की, सुर्खेत र बझाङमा ३–३, सिन्धुली, चितवन, धादिङ र दोलखामा २–२ तथा नुवाकोट, म्याग्दी, सप्तरी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटमा १–१ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक थप ४ सय ९९ जना संक्रमणमुक्त भएर देशका विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।

गत २४ घण्टामा ७ हजार ९ सय २६ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी हुन् आज थपिएका संक्रमित
काठमाडाैं-५६
पर्सा-५५
माेरङ-४९
बाँके-४९
सर्लाही-३६
धनुषा-२०
महाेत्तरी-१७
बाग्लुङ-१३
सुनसरी-१०
बारा-७
स्याङ्जा-७
काभ्रेपलाञ्चाेक-७
मकवानपुर-६
रामेछाप-५
राैतहट-४
कञ्चनपुर-४
कैलाली-४
ललितपुर-३
भक्तपुर-३
कास्की-३
सुर्खेत-३
बझाङ-३
सिन्धुली-२
चितवन-२
धादिङ-२
दाेलखा-२
नुवाकाेट-१
म्याग्दी-१
सप्तरी-१
रुकुम पश्चिम-१
बर्दिया-१
जाजरकाेट-१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *