Main News

विभिन्न १३ वायु सेवा कम्पनीले मागे भदौ १ गतेदेखि उडान अनुमति

हिमालय टिभी
२०७७ साउन २४ गते ७:५७
विभिन्न १३ वायु सेवा कम्पनीले मागे भदौ १ गतेदेखि उडान अनुमति

२४ साउन, २०७७ काठमाडौं । हवाई उडानका लागि १३ वटा वायुसेवा प्रदायक कम्पनीले सरकारसँग अनुमति माग गरेका छन्।

गत चैत ११ गतेदेखि नेपालमा आन्तरिक र बाह्य हवाई सेवा अवरुद्ध छ। आगामी भदौ १ गतेदेखि हवाई सेवा पुनः सञ्चालन गर्ने सरकारको घोषणासँगै एक दर्जनभन्दा बढी विमान कम्पनीले उडानका लागि अनुमति माग गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स कम्पनीसँगै अन्तर्राष्ट्रिय ११ वायुसेवा कम्पनीले नेपालमा उडान गर्न सहमति जनाउँदै अनुमतिका लागि निवेदन दिएका हुन्।

उडान निवदेनका लागि अझै केही समय बाँकी रहेकाले इच्छुक वायुसेवा कम्पनीले अनुमति दिन आउन सक्ने उहाँको भनाइ छ ।

आन्तरिक तथा बाह्य उडानलाई कुल उडानको २५ प्रतिशत हुने गरी अनुमति दिने तयारी सरकारको छ। कोभिड १९ को जोखिम बढिरहेको अवस्थामा उडान सम्बन्धी मापदण्डलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने मन्त्रालयको दाबी छ।

प्रतिक्रिया

2 thoughts on “विभिन्न १३ वायु सेवा कम्पनीले मागे भदौ १ गतेदेखि उडान अनुमति

  1. यो महामारी को भयले कहिले सम्म हवाई यात्रा बन्द राख्ने???यसले थप जटिलता समस्या उत्पन्न हुन सक्छ ।जस्तै :आर्थिक नोक्सान र विदेश बाट आउन चाहने पीडित नेपाली माथि थप पिडा थपिन जान्छ ।सरकारले कुनै हालतमा यो बन्द गर्ने कार्य न गरियोस् ।बरु थप सावधानी पुर्वक हवाई यात्रा सुचारु गर्नु पर्छ ।

  2. Ma USA bata farkina tickets li sakeko chu, September ko first weekma cha tickets.4 months treatment khojda paiyena yaha, nepal mai ausadi garne wahi basne yojana cha. Mero us passport ho, on arrival visa dinu huna anurodh gardachu.

Leave a Reply to Ghan bhusal Cancel reply

Your email address will not be published. Required fields are marked *