Main News

चाडपर्वका लागि सरकारले तोक्यो मापदण्डः के–के गर्न पाइन्न ? के पाइन्छ ?

हिमालय टिभी
२०७७ साउन २३ गते १९:५१
चाडपर्वका लागि सरकारले तोक्यो मापदण्डः के–के गर्न पाइन्न ? के पाइन्छ ?

२३ साउन, २०७७ काठमाडौं । जात्रा तथा चाडबाडको सिजन सुरु भएसँगै सरकारले कोभिड नाईन्टिनको संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड जारी गरेको छ । चाडबाड, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने विषय समेटेर सरकारले मापदण्ड ल्याएको हो । मापदण्ड अनुसार अब चाडबाड र जात्रामा के गर्न हुन्छ र के गर्न हुँदैन् ?

स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार चाडपर्व वा जात्रा मनाउँदा परिवारभन्दा बाहिरको सदस्यसँग भेट्नै परे २ मिटरको दुरी राख्नुपर्छ । सकेसम्म घरबाहिर नजाने र जानै परे मास्क वा स्यानिटाइजरको प्रयोग गर्ने । धार्मिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुने र अभिवादन गर्दा दुरी कायम गरी नमस्कार गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

कार्यक्रम स्थलमा धुमपान, मदिरा तथा सुर्तिजन्य पदार्थ सेवनमा पूर्णरुपमा निषेध गर्नुपर्ने र प्रसाद वितरण नगर्न तर गर्नै परे हातमा पञ्जा र ग्लोब्स लगाएको स्वस्थ मान्छेले प्याक गर्नुपर्नेछ ।जनस्वास्थ्यका यी मापदण्ड पालना नगर्ने र जथाभावी थुक्नेलाई स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारबाही हुनेछ । मापदण्ड पालना नगरेर ६ महिनासम्म जेल सजाय हुनेछ व्यवस्था छ ।

अभिवादन गर्दा अँगालो मार्न वा शरीर नछुन भनिएको छ । यस्तै देवी–देवताका मूर्ति, रेलिङ, बार तथा धेरै जनाले प्रयोग गर्न सक्ने साम्रागी नछुन समेत मापदण्डमा भनिएको छ । सार्वजनिक स्थलमा नथुक्न र सम्भव भएसम्म पैसाको साटो विद्युतीय कारोबार गर्न आग्रह छ ।

१२ वर्षमुनि तथा ६० वर्षमाथिका व्यक्तिका साथै ज्वरो, खोकी र स्वासप्रस्वासमा भएका, गर्भवती, दीर्घरोगी , अंग प्रत्यारोपण गरेका, शरिरमा मेडिकल उपकरण राखेका र हालसालै सर्जरी गरेकालाई भेलामा जान रोक लगाइएको छ ।

यस्तै आयोजकले जनस्वास्थ्यका विषयमा तालिम प्राप्त स्वंयसेवक राखेर हातधुने साबुनपानी वा स्यानिटाइजर उपलब्धता मिलाउनुपर्नेछ । कार्यक्रम स्थललाई दिनमा २ पटक निसंक्रमिकरण गर्न र धेरै सतहमा आउने स्थल र देवी देवताका मूर्ति बेला–बेलामा सफा गर्नुपर्नेछ ।

सकेसम्म कार्यक्रम छोटो बनाउन, कोभिड–१९ विरुद्ध जनचेतना अभिवृद्धि गर्ने खालका प्रचार सामग्री वरीपरी राख्न भनिएको छ । प्रवेशद्वारमा ज्वरो जा‍ँच्ने र १ सय ४ डिग्रीभन्दा बढी तापक्रम भएकालाई स्वास्थ्य संस्थामा पठाउनुपर्नेछ ।

कार्यक्रम स्थलमा धुमपान, मदिरा तथा सुर्तिजन्य पदार्थ सेवनमा पूर्णरुपमा निषेध गर्नुपर्ने र प्रसाद वितरण नगर्न तर गर्नै परे हातमा पञ्जा र ग्लोब्स लगाएको स्वस्थ मान्छेले प्याक गर्नुपर्नेछ ।जनस्वास्थ्यका यी मापदण्ड पालना नगर्ने र जथाभावी थुक्नेलाई स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारबाही हुनेछ । मापदण्ड पालना नगरेर ६ महिनासम्म जेल सजाय हुनेछ व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *