प्रवक्ता श्रेष्ठले एकताविरोधी गतिविधि गरेको प्रधानमन्त्रीका सल्लाहकार रिमालको आरोप
२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता विरोधी गतिविधि गरेको आरोप लगाउनुभएको छ ।
ट्वीटरमा इनफ इज इनफ भन्दै रिमालले श्रेष्ठले विधि र पद्धतिको नक्कली गीत गाएर नेताहरुलाई गुटबन्दीको आगोमा हालेको कडा टिप्पणी गर्नुभएको छ ।
श्रेष्ठलाई मेन्सन गर्दै रिमालले कम्तीमा प्रवक्ता पदको लाज जोगाउन सुझाव दिनुभएको छ । मुलुक संवेदनशील मोडमा रहेको भन्दै रिमालले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेर लेख्नुभएको छ ।
पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल समूहले पार्टीसम्वद्ध पत्रकार र सम्पादकसँग गरेको भेट तथा छलफलपछि ओली पक्ष आक्रोशित छ । रिमालको ट्वीट त्यसैका निरन्तरता हो ।
Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
प्रतिक्रिया