Main News

केही कोरोना संक्रमित भागेकाले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्यो

हिमालय टिभी
२०७७ साउन २३ गते ७:५४
केही कोरोना संक्रमित भागेकाले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्यो

२३ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले काठमाडौंमा संक्रमणको जोखिम थप बढ्न सक्ने देखिएको छ।

बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो। बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार ८ जना सम्पर्कमा आएका थिए।

बाँकी ८ जनाको कुनै अत्तोपत्तो नभएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन्।

स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको उहाँको भनाइ छ । संक्रमितको पहिचानका लागि नम्बर ट्रयाक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *