Main News

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई पनि कोरोना संक्रमण

हिमालय टिभी
२०७७ साउन २२ गते १७:३२
संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई पनि कोरोना संक्रमण

२२ साउन, २०७७ काठमाडौं ।संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ ।

केही समय अघि सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएकाको स्वाब संकलन गरिएकोमा पाण्डेको रिपोर्ट पोजिटिभ आएको संसद सचिवालयले जनाएको छ ।

संक्रमण पुष्टिभएसँगै पाण्डे अहिले घरमै आइशोलेसनमा बस्नुभएको छ । लेखा समिति सचिव समेत रहेका पाण्डे समितिका सदस्य सांसद यादवसहितको टोलीसँग वैज्ञानिक वन व्यवस्थापनका विषयमा अध्ययन गर्न विभिन्न जिल्ला जानुभएको थियो ।

यादवलाई संक्रमण देखिएपछि समूहमा रहेका ८ जनाको पीसीआर परिक्षण गरिएको थियो । पछिल्लो समय सिंहदरवार भित्रै खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै सिंहदरवार प्रवेशमा कडाइ गरिएको छ ।

संसदीय समितिका बैठक पनि केही समय स्थगन गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *