Main News

विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८२ पुग्यो

हिमालय टिभी
२०७७ साउन २२ गते ९:२०
विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८२ पुग्यो

२२ साउन, २०७७, मोरङ । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको विराटनगरमा थप १३ जना नयाँ संक्रमित भेटिएका छन् ।

कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा बुधबार राती उनीहरुको रिपोर्ट पोजेटिभ आएको महानगरपालिकाले जनाएको छ ।

नयाँ संक्रमित विराटनगर–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

संक्रमितहरु ८ पुरुष र ५ महिला छन । योसगै विराटनगरमा कोरोना संक्रमितको संख्या १८२ पुगेको छ ।

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु विराटनगर ५ र ९ नम्बर वडाका पुरुष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *