Main News

कोरोना संक्रमण बढेका १५ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ साउन २१ गते १७:११
कोरोना संक्रमण बढेका १५ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी

२१ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमण बढेका १५ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला तथा नगरमा कोरोना संक्रमित धपिँदै गएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले पूरै जिल्ला तथा संक्रमण फैलिएको ठाउँमा निषेधाज्ञा जारी गरिएको हो ।

सुनसरी, सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट, बाँके जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्म र अर्जुनधारा नगरपालिका क्षेत्रमा साउन २२ गतेसम्म, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा साउन २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
नुवाकोट विदुर नगरपालिका र आसपासका क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

मोरङको विरानगर महानगरपालिका भित्र साउन ३० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा साउन २५ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

यसैगरी दार्चुलाको मर्मा गाउँपालिकामा बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *