Main News

उपत्यकामा कोरोना संक्रमण बढेसँगै प्रवेश नाकाहरुका कडाइ

हिमालय टिभी
२०७७ साउन २१ गते १५:४७
उपत्यकामा कोरोना संक्रमण बढेसँगै प्रवेश नाकाहरुका कडाइ

२१ साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ ।

सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको हो ।

उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ ।

प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाएका २५ जनालाई प्रहरीले कारवाही गरेको छ । पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ ।

उपत्यका छिर्ने नाका साँगा हुँदै काठमाडौं छिर्ने पासविनाका गाडीहरुलाई फिर्ता गरिएको छ भने, मास्क नलगाई यात्रा गर्ने यात्रु र पैदल यात्रुहरु प्रहरी कारवाहीसमेत गरिरहेको छ ।

नागढुंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरु भित्रिने गरेका छन । बुधबार दिउँसो नागढुंगा नाकामा उपत्यका प्रवेश गर्ने सवारी र प्रहरी चेकिङ निकै कडा देखिन्थ्यो ।

उपत्यका बाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाइ गरेको हो । मंगलबार मात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए । नागढुंगा, साँगा र फर्पिङ हुँदै हजारौं नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्षसहित सरकारले प्रवेशमा कडाइ गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । नाकाहरुमा गरिएका १० हजार ८ सय ५३ वटा पीसीआर परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *