Main News
बागलुङको धौलागिरी अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द
२०७७ साउन २१ गते १४:२१

२१ साउन, २०७७ काठमाडौं । बागलुङको धौलागिरी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पताल अन्तर्गत धौलागिरी क्याम्पसको आइसोलेसनमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बी. के. पोखरेलले जानकारी दिनुभयो ।
आइसोलेसन कक्षमा कार्यरत २५ वर्षीय स्टाफ नर्समा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित नर्सको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा जारी राख्न नसकिने अस्पतालले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
अस्पताल प्रसासनले ओपिडि सेवा अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको छ ।
प्रतिक्रिया