Political Hightlights

बामदेव भन्छन–कुनै पनि गुटमा लाग्दिनँ, पार्टी एकताको पक्षमा छु

हिमालय टिभी
२०७७ साउन २१ गते १४:१७
बामदेव भन्छन–कुनै पनि गुटमा लाग्दिनँ, पार्टी एकताको पक्षमा छु

२१ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताउनुभएको छ ।

मंगलबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा गौतमले आफू सानो ठूलो कुनै गुटमा नलाग्ने बताएको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिनुएको छ ।

छलफलका क्रममा प्रचण्डले अब तपाइँ के गर्नुहुन्छ ? भनेर सोध्दा गौतमले ‘म ठूलो सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनेर जवाफ दिएको सुवेदीले गौतमका तर्फबाट प्रष्टिकरण दिँदै फेसबुकमा लेख्नुभएको छ ।

गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताउनुभएको छ । साउन १३ गते गौतमले ‘पार्टी विग्रह रोक्न’ भन्दै ६ बुँदे प्रस्ताव राख्नुभएको थियो ।

त्यसअघि प्रचण्‍ड–माधव नेपाल समूहमा रहेका भनिएका गौतम प्रस्तावसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहमा पुगेको चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको प्रस्ताव स्वीकार गर्नुभएको छ । तर गौतमले फेरि कुनै गुटमा लाग्दिनँ भन्नुलाई पनि अर्थपूर्ण मानिएको छ ।

गौतम र रामबहादुर थापा ओलीका पक्षमा उभिएकोले सचिवालयमा ओलीको बहुमत पुगेको मानिएको छ । र, त्यसैका आधारमा ओलीले सचिवालय बैठक बस्नुपर्नेमा जोड दिनुभएको छ । तर वामदेवले कुनै गुटमा लाग्दिनँ भनेको व्यवहारमै लागू गरेमा सचिवालयमा कसैको पनि बहुमत हुनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्