Main News

धनकुटामा निर्णय भएको डेढ महिना बित्दा पनि पीसीआर ल्याब स्थापना हुन सकेन

हिमालय टिभी
२०७७ साउन २१ गते १२:४५
धनकुटामा निर्णय भएको डेढ महिना बित्दा पनि पीसीआर ल्याब स्थापना हुन सकेन

२१ साउन, धनकुटा । निर्णय गरेको डेढ महिना हुनै लाग्दा पनि धनकुटामा कोरोना परिक्षण गर्ने पीसीआर ल्याब स्थापना हुन सकेन ।

गत असार १२ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले धनकुटासहित बिभिन्न दश स्थानमा ल्याब थप गर्ने निर्णय गरेको थियो ।

निर्णय गरेको अधिकाशं स्थानमा ल्याब सञ्चालनमा आएपनि धनकुटामा भने कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । ल्याब स्थापनाको बारेमा जिल्ला स्वास्थ्य कार्यलय तथा जिल्ला अस्पताल दुबै बेखबर छन् ।

धनकुटाका प्रमुख तुल्सी गुरागाँइ तथा जिल्ला अस्पताल धनकुटाका प्रमुख पुजन बिश्बकर्माले ल्याब स्थापना वा त्यसको तयारीको बारेमा कुनै जानकारी तथा निर्देशन नआएको बताउनुभयो ।

धनकुटामा भोजपुर, तेह्थुम, संखुवासभा लगायत जिल्लाको परिक्षण गर्ने गरी ल्याब स्थापनाको निर्णय भएको थियो । ल्याब नहुँदा यी जिल्लाबाट बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तथा बिराटनगर पठाइ रिपोर्टको लागि ३÷४ दनिसम्म कुर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *