Main News

कोरोनाको जोखिमा रहेकालाई परीक्षण गराउन सरकारको आग्रह

हिमालय टिभी
२०७७ साउन २० गते १४:३६
कोरोनाको जोखिमा रहेकालाई परीक्षण गराउन सरकारको आग्रह

२० साउन, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितको सम्पर्कमा रहेका र जोखिमयुक्त ठाउँबाट आएकालाई कोरोना परीक्षण गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना निकाली काठमाडौं उपत्यकामा १५ वटा अस्पताल तोकेर स्वाब परीक्षण गराउन भनेको हो ।

पाटन अस्पताल, निजामति अस्पताल, त्रिवि शिक्षण, टेकु, वीरेन्द्र, स्टार, नेपाल प्रहरी अस्पताल, भक्तपुर, केएमसी, वीर, सशस्त्र प्रहरी बलको अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन स्थलको रुपमा तोकिएको छ ।

शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्ति, जोखिमयुक्त ठाउँबाट आएकाले यी अस्पतालमा बिहान ९ देखि १ बजेसम्म गई स्वाब परीक्षण गराउन सक्ने मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, भिडभाड नगर्न, चाडपर्व घरमै बसि मनाउन पनि आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *