Main News
अख्तियारका १५ जना कर्मचारीका कोरोना संक्रमण पुष्टि
२०७७ साउन २० गते १४:३३
२० साउन, २०७७ काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आयोगका १ सय ८० जनाको स्वाब परीक्षण गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएकामध्ये १४ जना प्रहरी र सवारी चालक रहेको आयोगका सूचना अधिकारी गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईलाई ज्वरो आएको थियो ।
प्रहरी जवानको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएसँगै आइतबार आयोगका १ सय ८० जनाको स्वाब संकलन गरिएको थियो ।
प्रतिक्रिया