Main News

प्लाज्मा थेरापीबाट उपचार गर्न १२ वटा अस्पताल छनोट

हिमालय टिभी
२०७७ साउन १९ गते १९:१३
प्लाज्मा थेरापीबाट उपचार गर्न १२ वटा अस्पताल छनोट

१९ साउन, २०७७ काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल छनोट गरेको छ ।

नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो ।

परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन अर्थात क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको छ ।

सदस्य सचिव डाक्टर ज्ञवालीका अनुसार दाता र रिसिभर दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिनेछ । कन्भलेसेन्ट प्लाज्मा रिसिभर कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको र अस्पतालमा भर्ना भएको हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *