रंगेलीमा समुदायमै देखियो कोरोना, स्वास्थ्यकर्मी र प्राधिकरण कर्मचारी पनि संक्रमित

हिमालय टिभी
२०७७ साउन १९ गते १६:०१
रंगेलीमा समुदायमै देखियो कोरोना, स्वास्थ्यकर्मी र प्राधिकरण कर्मचारी पनि संक्रमित

रंगेली । मोरङको रंगेली नगरपालिकामा समुदायस्तरमै कोरोना संक्रमण देखिएको छ । रंगेली नगरपालिकाले स्वाब संकलन गरी पठाएको १ सय ५६ जनामध्ये २२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

रंगेली अस्पतालका ३ जना स्वास्थ्यकर्मी र नेपाल विधुत प्राधिकरणका ५ जना कर्मचारीसहित रंगेली ७ का बजारका १४ जनामा कोरोना देखिएको रंगेली नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो ।

रंगेलीमा २२ जना कोरोना पोजेटिभ फेला परेपछि रंगेली नगरपालिकाले आकस्मिक बैठक बोलाएको छ।

प्रदेशको विराटनगर , धराना र गोठगाउँ क्वारन्टिन खाली नभएकाले उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख मण्डलले जानकारी दिनुभयो ।
किरण न्यौपाने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *