Main News
कर्मचारीमा कोरोना देखिएपछि बाँकेमा सरकारी कार्यालय बन्द गर्ने तयारी
२०७७ साउन १९ गते १२:५८

१९ साउन, २०७७, बाँके । कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेका सरकारी कार्यालय बन्द गर्ने तयारी गरिएको छ ।
यातायात व्यवस्था, आन्तरिक राजस्व, जिल्ला अदालत, सैनिक अस्पतालदेखि नेपालगन्ज उपमहानगरपालिका कर्मचारी र एक जना वडा अध्यक्षमा कोरोना संक्रमण देखिएको छ ।
कर्मचारीमा संक्रमण देखिएका कारण बढी भिडभाड हुने सरकारी कार्यालय थप ७ दिनका लागि बन्द गर्ने तयारी भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।
बाँकेमा समुदायस्तर मै कोरना संक्रमण फैलिएको आशंकामा जोखिममा रहेका समुदायको पहिचान गरी स्वाब संकलन गरेर परिक्षण थालिएको छ ।
बाँकेमा आजसम्म ४ सय ४८ जना संक्रमितको पहिचान भएको छ । २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया