Main News

बाँकेमा कोरोना बढेसँगै पुनः निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ साउन १८ गते ७:५७
बाँकेमा कोरोना बढेसँगै पुनः निषेधाज्ञा जारी

१८ साउन, २०७७ बाँके । कोरोना संक्रमित बढेसँगै बाँकेमा पुनस् निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले गएराति १२ बजेदेखि निषेधाज्ञा लागूको निर्णय गरेको हो । यसअघि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले तीन दिनसम्म पुनस् निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

लगातार कोरोना संक्रमित थपिएपछि बाँके जिल्लाभर पूर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनु भयो ।

जिल्लामा कोरोना संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्ने निर्णय भएकोकुरुम्बाङको भनाइ छ ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर आवतजावत नगर्न भन्दै प्रशासनले सूचना जारी गरेको छ ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द हुनेछन् ।

यसअघि गत जेठ १४ गते जिल्लामा कोरोना संक्रमित बढेको भन्दै प्रशासनले लकडाउनकै बीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको थियो । बाँकेलाई पहिलो पटक बैशाख २२ देखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *