Main News

डोटीको सायल गाउँपालिका–२ मा पहिरोले ३५ घर विस्थापित

हिमालय टिभी
२०७७ साउन १८ गते ७:४३
डोटीको सायल गाउँपालिका–२ मा पहिरोले ३५ घर विस्थापित

१८, साउन, २०७७ डोटी । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका २ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् ।

गाउँमाथि र तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ।

लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीय दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

केही दिनदेखि लगातारको परिरहेको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *