Main News

देउवा र सिटौलाद्वारा इनफ इज इनफ अभियन्ताहरुसँग भेट

हिमालय टिभी
२०७७ साउन १७ गते १८:३९
देउवा र सिटौलाद्वारा इनफ इज इनफ अभियन्ताहरुसँग भेट

१७ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बसन्तपुर पुगेर आज ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्नु भएको छ ।

विभिन्न माग सहित सत्याग्रहमा बसिरहेका अभियन्तालाई भेटेर सभापति देउवाले ऐक्यवद्धता जनाउनुभएको छ ।

असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ता बसन्तपुरमा अनसनरत छन । अनसनरत युवा भेटेपछि सभापति देउवाले तत्काल माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाले उठाउँदै आएका माग देश र जनताको हितमा रहेको बताउनुभयो । सरकारले आफ्ना प्रतिनिधि पठाएर युवाका माग पुरा गर्नुपर्ने उहाँको आग्रह छ ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । तर सहमति पुरा नगरेपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *