झापाको काँकडभिट्टा नाकामा खटिएका १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१७ साउन, २०७७ झापा । झापाको काँकडभिट्टा नाकामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्मका १० पुरुष र दुई महिला प्रहरीमा पछिल्लो पटक संक्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये पुरुषलाई मोरङको गोठगाउँ र महिलालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ।
यसअघि पनि काँकडभिट्टास्थित सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती गुल्मका २०, सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पाँच दिनअघि काँकडभिट्टाका सुरक्षाकर्मीसहित १ सय १७ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाइएको थियो। त्यसमध्ये १२ जना सशस्त्रमा कोरोना रिपोर्ट पोजेटिभ आएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया