Main News

मुस्लिम धर्मावलम्बीहरु बकर ईद पर्व हर्षोल्लासका साथ मनाउँदै

हिमालय टिभी
२०७७ साउन १७ गते ८:२४
मुस्लिम धर्मावलम्बीहरु बकर ईद पर्व हर्षोल्लासका साथ मनाउँदै

१७ साउन, २०७७ काठमाडौं । मुस्लिम धर्मावलम्बीले बकर ईद पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्।

मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रूपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौं दिन यो पर्व मनाउने गरिन्छ। आज नेपाली मुस्लिम धर्मावलम्बीहरूले बकर ईदका अवसरमा नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्।

यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गर्ने चलन छ। बकर ईदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्ने चलन छ ।

तर यो वर्ष कोरोना संक्रमणको जोखिम उच्च रहेकाले घरमै बसेर नमाज पढ्न आग्रह गरिएको छ । नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदका अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

उहाँले मुस्लिम धर्मावलम्बीको यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिनुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इदले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीबीचको आपसी एकता र सद्भावका लागि यो पर्वले महत्वपुर्ण भुमिका खेलेको बताउनुभएकव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *