Main News

प्रधानसेनापतिले भने–काठमाडौं–तराई द्रुत मार्ग निर्माणमा अदृष्य समस्या छ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १६ गते १९:१२
प्रधानसेनापतिले भने–काठमाडौं–तराई द्रुत मार्ग निर्माणमा अदृष्य समस्या छ (भिडियोसहित)

१६ साउन, २०७७ काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा स्थानीय बासिन्दाको अवरोध मात्रै समस्या नभएको बताएको छ ।

रक्षामन्त्रालयमा भएको कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले त्यहाँ अदृश्य समस्या रहेको संकेत गर्नुभयो । त्यसको खोजी हुनुपर्नेमा उहाँको जोड छ ।

खोकनामा जग्गा विवादका कारण फास्ट ट्रयाक निर्माणमा समस्या देखिएपछि सेनाको प्रतिक्रिया आएको हो ।

प्रधानसेनापति थापाले सिंहदरबार भित्र रहेको चण्डीदल गणको ब्यारेकका टुंगो नहुँदा समस्या परेको भन्दै छिटो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *