Main News

काठमाडौंको बागबजारबाट सुनजस्तो एक किलो धातु बरामद

हिमालय टिभी
२०७७ साउन १६ गते १७:१५
काठमाडौंको बागबजारबाट सुनजस्तो एक किलो धातु बरामद

१६ साउन, २०७७ काठमाडौं । काठमाडौंको बागबजारबाट प्रहरीले सुनजस्तो देखिने एक किलो पहेंलो धातु सहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी जवान प्रसन्न श्रेष्ठका साथी उमेश श्रेष्ठको कोठाबाट पहेंलो धातु बरामद गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बर्जाचार्यलेले जानकारी दिनुभयो ।

उमेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उमेशले आफ्ना साथी प्रहरी जवान प्रसन्न श्रेष्ठले यो धातु राख्न दिएको बताएका छन् ।मंगलबार कमलादीमा भेटिएको १५ किलो सुनजस्तै पहेंलो धातु प्रकणमा गलत सूचना दिएको भन्दै दरबारमार्ग वृत्तका घुमुवा प्रसन्न प्रहरी नियन्त्रणमा छन् ।

यो सुन हो कि होइन भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साढे १४ किलो चाँदी र आधाकिलो सुन अप्रेशन प्रकरणमा एकपछि अर्को रहस्यमय बन्दै गएको छ ।

महानगरी प्रहरी परिसर काठमाडौंले मंगलबार सुन बरामद गरेको बताएको थियो । र, त्यसपछि यो विषयमा थप रहस्यमय तथ्यहरु बाहिर आएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *