Main News

प्रदेश मन्त्रीको आरोप : ओली सरकारले संघीयता खोस्न खोज्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १४ गते २१:३१
प्रदेश मन्त्रीको आरोप : ओली सरकारले संघीयता खोस्न खोज्यो (भिडियोसहित)

१४ साउन, २०७७ काठमाडौं । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले संघीय सरकार संघीयता कमजोर पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको छलफलमा उनीहरुले संघीय सरकारको भूमिका संघीयता सुदृढ पार्ने भन्दा कमजोर पार्नेतिर केन्द्रीत रहेको आरोप लगाए । उनीहरुले ओली सरकारको संघीयताप्रतिको प्रतिवद्धतामै गम्भीर प्रश्न उठाएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेकै अगाडि प्रदेशका आन्तरिक तथा कानूनमन्त्रीहरुले संघीय सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाए । संघ सरकारको भूमिका सहयोगी छैन । र, यसको शुरुवात कर्मचारी पठाउँदादेखिनै भैरहेको छ ।

त्यतिमात्रै होईन, उनीहरुले ओली सरकारको संघीयताप्रतिको प्रतिवद्धतामै पनि प्रश्न उठाएका छन । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमनलाई ओली सरकारले संघीयता कार्यान्वयन गर्नुको साटो खोसीरहेको छ। उहाँका अनुसार ओली सरकार एकात्मक शासन प्रणालीतिर गैरहेको छ ।

आवश्यक कानून बनाउने र बाटो खोलिदिने काम संघ सरकारले नगरिँदा प्रदेश सरकारलाई समस्या परिरहेको छ । यो उनीहरुको झण्डै साढे दुई वर्षको अनुभव हो । त्यसैले कर्मचारी सम्बन्धी ऐन छिटो बनाईदिन र काम गर्ने वातावरण सहज बनाउन उनीहरुको संघीय सरकारलाई आग्रह छ ।

प्रदेश सरकारकै मन्त्रीहरुले संघ सरकारको नियतमाथि जसरी प्रश्न उठाएका छन, यसको जवाफ सरकारले व्यवहारबाटै दिनुपर्छ । किनकी जनताको अधिकारका लागि संघीयता ल्याएर अधिकार गाउँ गाउँ पुर्याइएको दावी गर्ने सरकारमाथि यसरी प्रश्न उठ्नु गम्भीर विषय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *