पूराना नेतालाई कारबाही गरेर अरुलाई पार्टी प्रवेश गराउनु गलतः कांग्रेस नेता सिंह
१४ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेतालाई कारबाही गरेर अरुलाई पार्टी प्रवेश गराउने सभापति शेरबहादुर देउवाको कदम उचित नभएको बताउनुभएको छ ।
गोविन्दराज जोशी लगायतका नेतालाई निष्काशन गरेर पूर्वमन्त्री सुनीलबहादुर थापालाई प्रवेश गराएकोमा सिंहले असन्तुष्टि व्यक्त गर्नुभएको हो । पार्टीका पुराना नेता कारवाही र राप्रपाका पूर्व नेता थापालाई पार्टी प्रवेश गराउने समय ठिक नरहेको सिंहको बुझाई छ ।
चार दिन अघि गोविन्दराज जोशी लगायतका नेताहरुको निष्काशन र हिजो मात्रै थापाको पार्टी प्रवेशमा सिंहले प्रश्न उठाउनुभएको हो । देउवाका कारण पार्टी ठीक अवस्थामा नरहेको र देउवाले अप्रजातान्त्रिक काम गरिरहेको सिंहको टिप्पणी छ ।
देउवाले सभापतिमा दोहोरिन चाहिरहेका बेला सिंहले अब असफल भैसकेको नेतालाई जिम्मा दिन नहुनेमा जोड दिनुभयो । देउवाकै कारण पार्टीले चुनाव हारेको सिंहको आरोप छ ।
प्रतिक्रिया