सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको मौका छोपेर झापामा बढ्यो तस्करी
१३ साउन, २०७७ झापा । सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको मौका छोपी झापाबाट सुपारी तस्करी हुन थालेको छ।
झापामा १८ जना सुरक्षाकर्मीलाई कोरोना सक्रमंण लागेपछि सिमा नाकामा प्रहरी जनशक्ति कम भएको छ । कोरोनाको त्रास बढिरहेका बेला काँकडभिट्टा नाकाबाट सुपारी तस्करी बढ्न थालेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार राति मेचीनगर नगरपालिका ४ प्रसाद गौँडास्थित नेपाल भारतको दशगजा क्षेत्रबाट ४७ बोरा सुख्खा सुपारी बरामद गरेको छ।
भारत लैजान ठिक्क पारेको सो सुपारी विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो । एक हजार चार सय सत्तरी केजी सुपारीको मूल्य करिब ४ लाख ४१ हजार रहेको छ ।
बरामद गरिएको उक्त सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको झापा प्रहरीका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।
प्रतिक्रिया