Main News

अदालतको फैसलामाथि प्रश्न उठाएकोमा सर्वोच्च अदालतको असन्तुष्टि

हिमालय टिभी
२०७७ साउन १२ गते १९:०७
अदालतको फैसलामाथि प्रश्न उठाएकोमा सर्वोच्च अदालतको असन्तुष्टि

१२ साउन, २०७७ काठमाडौं । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाइएकामा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ ।

न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रिया अनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले विज्ञप्ति निकालेर त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ ।

पत्नी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएको फैसला र महाराजगञ्ज हिट एण्ड रन घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेशको विरोधमा सर्वत्र विरोध भएपछि सर्वोच्चले असन्तष्टि जनाएको छ ।

पछिल्लो फैसला र आदेशको सडकमै समेत उत्रेर विरोध भैरहेको छ ।पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको वेञ्चबाट भएको हो ।

यो मुद्धा पुनरावलोकनका लागि सर्वोच्चकै तीन न्यायाधीशको इजलासले अनुमति पनि दिइसकेको छ । यही सन्दर्भमा सर्वोच्चले विज्ञप्ति जारी गरी न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीका टिप्पणी भएको दावी गरेको हो ।

अदालतका फैसला वा आदेशउपर स्वच्छ टिप्पणी, आलोचना र प्राज्ञिक बहस हुन सक्ने भन्दै सर्वोच्चले त्यसमा निश्चित सीमा र मापदण्डभित्र रहनुपर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *