३७ परिवारको शिविरमा छैन शौचालय, समस्यामा मुक्त कमैया (भिडियोसहित)

१२ साउन, २०७७, धनगढी । कैलालीलाई खुला दिशामुक्त जिल्ला घोषणा भएको २ बर्ष बितिसकेको छ । तर विपन्न वस्तीमा शौचालय नहुँदा दिशामुक्त जिल्ला घोषणामै सीमित भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित मुक्त कमैया शिविरमा शौचालय नहुँदा त्यहाँका बासिन्दाले समस्या भोग्दै आएका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित मुक्त कमैया शिविरमा ३७ परिवार छन । ३७ परिवारका करिब २ सय जनाका लागि तीन वटा शौचालय छन।
२ सय जनाले ३ वटा मात्रै शौचालय प्रयोग गर्नुपर्दा समस्या भइरहेका बेला कोरोनाको त्रास बढेको छ । मुक्त कमैया वस्तीका लागि शौचालय, विद्युत र पानी मागे पनि सम्बन्धित निकायले कुनै चासो दिएका छैनन ।
विगतमा खुला ठाउँमा दिसा पिसाव गर्ने मुक्त कमैयालाई पनि प्रयोग गर्न दिने गरी केही दिन अघि ३ वटा सार्वजनिक शौचालय बनाइएको हो । ३ वटा मात्रै शौचालयले सबैलाई नपुग्ने हुँदा धेरैले खुला रुपमै दिसा पिसाव गर्नुपरेको छ ।
२ सय जनाले ३ वटा मात्रै शौचालय प्रयोग गर्नुपर्दा समस्या भइरहेका बेला कोरोनाको त्रास बढेको छ । मुक्त कमैया वस्तीका लागि शौचालय, विद्युत र पानी मागे पनि सम्बन्धित निकायले कुनै चासो दिएका छैनन ।
गोदावरी नगरपालिका ५ स्थित निर्माणाधीन गेटा मेडिकल कलेजको जग्गा रहेको क्षेत्रमा मुक्त कमैया बस्दै आएका छन् । मेडिकल कलेजको जमिनमा बसेका मुक्त कमैयाको स्थायी ब्यवस्थापन नभएकै कारण सेवा सुविधाबाट पनि बञ्चित हुनुपरेको स्थानीय सरकारको दावी छ ।
सरकारले मुक्त कमैया घोषणा गरेको २ दशकभन्दा बढी समय बिते पनि अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा उनीहरुले बिभिन्न समस्या भोग्दै आएका छन् ।
मुक्त कमैयाको व्यवस्थापन नहुँदा उनीहरुमा निराशा छाएको छ । त्यसैले यस विषयमा सम्बन्धित निकाय गम्भिर बन्न जरुरी छ ।
प्रतिक्रिया