Main News

आज मन्त्रिपरिषद्को बैठक बस्दै, नियमित एजेण्डामा छलफल हुने

हिमालय टिभी
२०७७ साउन १२ गते १२:४१
आज मन्त्रिपरिषद्को बैठक बस्दै, नियमित एजेण्डामा छलफल हुने

१२ साउन, २०७७ काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को सदस्यसचिव नियुक्तिबारे पनि निर्णय गर्ने तयारी भएको छ । राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् ।

सिफारीस समितिले तीन जनाको नाम पेश गरेको छ । निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसहित अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगरको नाम नयाँ सदस्यसचिवका लागि पेश हुने छ ।

नेपाल खेलकुद विकास ऐन लागु भइसकेपछि ऐनमा रहेको व्यवस्था बमोजिम नियुक्ती प्रक्रिया अगाडि बढेको हो । प्रधानमन्त्री केपी ओली निकट सिलवाल फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ ।

आजको बैठकले दुईजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने तयारी गरिएको छ। गृहमन्त्रालयको सिफारिस अनुसार डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा हुने छ ।

दुवैजना अहिलेका आइजी शैलेश थापा क्षेत्रीका ब्याजी हुन् । बैठकमा अन्य नियमित प्रक्रियाका निर्णयहरु समेत हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *