Main News

नेपालमा १३० कोरोना संक्रमित थपिए, ७५ जना डिस्चार्ज

हिमालय टिभी
२०७७ साउन ११ गते १६:३७
नेपालमा १३० कोरोना संक्रमित थपिए, ७५ जना डिस्चार्ज

११ साउन, २०७७ काठमाडौं । काठमाडौंमा ८ जनासहित थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा गरिएको परीक्षणमा थप १ सय ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जनाकारी दिनुभयो ।

काठमाडौंमा थपिएका चार जनामा प्रहरी प्रधान कार्यालयका प्रहरी पनि रहेको स्रोतले जनाएको छ । यस्तै आज आज प्रदेश प्रहरी विराटनगर रानीमा कार्यालयमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दुई महिलासहित १९ प्रहरीमा संक्रमण पुष्टि भएको हो । यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो । प्रवक्ता डा. गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५५, प्रदेश नम्बर २ मा २ हजार ९ सय ४४, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय ५१ जना निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरी ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८६, प्रदेश नम्बर २ मा १ जहा ८ सय ७३, बागमती प्रदेशमा ४ सय ४४ र गण्डकी प्रदेशमा २ सय ९४ जना आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५८, कर्णाली प्रदेशमा ३ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना संक्रमित उपचाररत रहेका छन् ।

आइतबार प्रदेश नम्बर १ मा २ हजार ९३, प्रदेश नम्बर २ मा २ हजार ७ सय ४७, बागमती प्रदेशमा १ हजार २ सय ९४ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ५ सय ३९, कर्णाली प्रदेशम ९ स ४८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *