Main News

बागलुङमा पहिरोमा दुई जना बेपत्ता, जेसीवी, ट्याक्टर र टिपर पुरिए

हिमालय टिभी
२०७७ साउन ११ गते ८:५६
बागलुङमा पहिरोमा दुई जना बेपत्ता, जेसीवी, ट्याक्टर र टिपर पुरिए

११ साउन, २०७७, बागलुङ । बागलुङ नगरपालिका-१ निरयघाटमा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।

पोखरा–बागलुङ राजमार्गमा ढुंगामाटो उठाउँदै गर्दा खसेको पहिरोमा एक जेसीवी, एक ट्याक्टर र एक टिपरसहित दुईजना चालक पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

चालक निर्मल पुन र ट्रिपर चालक रोशन नेपाली वेपत्ता हुनुभएको छ । हिजो साँझ ८ बजे पहिरोमा पुरिएकाहरूको उद्धार हुन सकेको छैन । हिजो रातिसम्म उद्धारको प्रयास भए पनि नसकेपछि आज बिहान पुन खोजी सुरु भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो ।

प्रहरीका अनु्सार निरन्तर पहिरो खसेकाले उद्धारका लागि कठिनाइ भएको छ । बेपत्ता भएको भनिएका मानिसहरुको मोबाइलमा फोन गर्दा घण्टी बजिरहेको रिजालले बताउनुभयो । पहिरोमा पुरिएका साधनहरु बागलुङस्थित ठेकेदार विमलेश आचार्यको रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *