गोरखाको धार्चेमा लापु खोला थनिँदा ८० घर जोखिममा

१० साउन, २०७७ गोरखा । गोरखाको धार्चे गाउँपालिकाको लापुमा पहिरोले खोला थुन्दा ८० घर परिवार जोखिममा परेका छन् ।
अविरल वर्षासँगै आएको पहिरोले खोला थुन्दा ८० घर जोखिममा परेको हो । शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडाको पहिरो खसेर खोला थुनिएको स्थानीय बिरवल गुरुङले बताउनुभयो ।
लापु गाउँमा खोला नै थुनिएको र अहिले पनि पहिरो नरोकिएको गुरुङले जानकारी दिनुभयो । खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा परेका छन् ।
जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको वडाध्यक्ष सूर्यमान गुरुङले बताउनुभयो । उक्त क्षेत्रमा सेना र प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार अहिले पहिरोबाट खोला बग्न थालेको छ।
प्रतिक्रिया