Political Hightlights

ओलीले पार्टी बहुमतको निर्णय मान्नुपर्छः नेता नेपाल

हिमालय टिभी
२०७७ साउन ९ गते १८:३६
ओलीले पार्टी बहुमतको निर्णय मान्नुपर्छः नेता नेपाल

९ साउन, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले बहुमतको निर्णय मान्नुपर्ने बताउनुभएको छ ।

पुष्पलाल श्रेष्ठ स्मृति दिवसका अवसरमा राजधानीमा भएको कार्यक्रममा नेपालले बहुमतको निर्णय नै पार्टी निर्णय हुने वैधानिक व्यवस्था भएकाले सबैले पालना गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका नेता नेपालले सबैको बुद्धि, चेत पलाउने भन्दै प्रचण्ड सहभागी कार्यक्रमबाटै नेपालले ओलीमाथि निशाना साँध्नुभयो ।

स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको, अनिर्णित बन्दै गरेको अवस्थामा नेता नेपालको भनाइ अर्थपूर्ण मानिएको छ ।

नेता नेपालले ओली सहमतिमा नआए स्थायी कमिटीले बहुमतले निर्णय गरेर जानुपर्नेमा जोड दिँदै आउनुभएको छ । स्थायी कमिटी बैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्