Political Hightlights

ओलीकै सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको प्रचण्डको दाबी

हिमालय टिभी
२०७७ साउन ९ गते १५:३६
ओलीकै सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको प्रचण्डको दाबी

९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दावी गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउनुभयो । र, त्यसको कारण ओली भएको प्रचण्डको आरोप छ ।

पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको भन्दै प्रचण्डले ओलीप्रति कटाक्ष गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्