Political Hightlights
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
२०७७ साउन ८ गते १९:२१
८ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउन सुझाव दिनुभएको छ ।
देउवाले परिक्षण पीसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारन्टिन अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गर्नुभएको छ ।
कोरोनाका कारण सिर्जित असन्तुष्टि र आन्दोलन अनि माग सम्बोधन गर्न बाढी पहिरो पीडितको राहत, उद्धार र पुनस्थापनाका लागि काम गर्न देउवाले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको हो ।
यस्तै विदेशमा अप्ठ्यारोमा परेका नेपालीको पनि छिटो उद्धार गर्न देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया